काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसलाई ५ बर्ष विपक्षमा बस्ने जनादेश रहेको टिप्पणी गरेका छन् ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि मिडियामा काँग्रेस सरकारमा जाने तयारी गरेको भन्ने विश्लेषण हुनथालेपछि प्रवक्ता शर्माले सामाजिक संजालमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले काँग्रेसलाई ५ बर्ष विपक्षमा बस्ने जनादेश छ भन्दै कुनैपनि भड्काउबाट टाढा हुने बताएका छन् । उनले नेकपाको द्वन्दमा काँग्रेस निरपेक्ष रहेको भन्दै यता वा उताको जोड घटाउमा काँग्रेसको शिर गन्ने धृष्टता कतैबाट नहोस् भन्दै चेतावनी समेत दिएका छन् ।
उनले भनेका छन्- ‘भ्रम ; कोहि कसैलाई केही छ भने ! ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !’





प्रतिक्रिया