देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डा. बाबुराम भट्टराई दम्पति कोरोना संक्रमण मुक्त

देशान्तर

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई एक महिना पछि कोरोना संक्रमण मुक्त भएका छन् । उनलाई तराईका विभिन्न जिल्लामा भएका कार्यक्रममा सहभागी बनेपछि करिव एक महिना अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको उनले समाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएकी छन् ।