देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा कार्यकारी अध्यक्ष दाहाल र चिनियाँ राजदूत यान्छीबीच भेट

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

निनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटा पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो ।

भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो किताब उपहार दिएकी थिइन् ।
चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएको छ।
चीनका राष्ट्रपति सी चिनफिङले गतवर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङहे नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन्।
केहि समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।