देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेसले बुटवलमा अर्थमन्त्री पौडेललाई कालोझण्डा देखायो

देशान्तर

अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा काँग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

आज बिहान तिनाउ पुल नजिकै पौडेल सवार गाडीलाई नेपाल विद्यार्थी संघ र तरुण दल रुपन्देहीले कालो झण्डा देखाएका हुन् ।

उनीहरुले पदसँग प्रदेश राजधानी साटेको भन्दै कालो झण्डा देखाएको बताएका छन् । रुपन्देहीको विभिन्न आयोजनाहरुको अनुगमन गर्न पौडेल त्यसतर्फ पुग्नुभएको हो ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो । अर्थमन्त्री पौडेलको सक्रियतामा राजधानी दाङ सारिएको भन्दै विरोध गरेको उनीहरुले जनाएका छन् ।