काठमाडौ – संसदीय समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् छ । बैठकमा ओलीलाई बोलाइएको भए पनि उनी सहभागी भएनन् ।
समय अभावका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन नसकेको सभापति कर्णले बताए । प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बैठकमा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीलाई अर्को बैठकमा बोलाइएको पनि कर्णले जानकारी दिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाएको थियो ।





प्रतिक्रिया