काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् । नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सके विवादमा पानी राख्न र नसके घिउ नराख्न आग्रह गरेका हुन ।
उनले नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा फेसबुक र सामाजिक सन्जालहरु नरङ्ग्याउन सुझाए । पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधान हुने उनले बताए ।
भ्रष्टाचारीहरुलाई पाता फर्काएर जेल हाल्ने बताउँदै उनले भने, ‘र्तमान सरकारले भ्रष्टाचार गर्ने आफ्ना वा अरु जो कोहीलाई पनि जेल हाल्छ ।
सुनकाण्ड, ललिता निवास, भ्याट छली काण्डहरुको उदाहरण दिँदै मन्त्री ज्ञवालीले वर्तमान सरकारले कारबाही गरेको देखेर देशमा भ्रष्टाचारीहरु अताल्लिएको बताए ।





प्रतिक्रिया