देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब ओलीसँग सम्झौता हुँदैन, एक पद छोड्नै पर्छ : देवेन्द्र पौडेल

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद त्याग गर्नुपर्ने बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीभित्रको विवादलाई निकास दिन र पार्टी एकतालाई थप मजवुत बनाउन ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताए ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता पौडेलले प्रधानमन्त्रीले सच्चिने मौका धेरै पाइसकेले अब एक पद छाड्ने बाहेकमा कुनै सम्झौता हुन नसक्ने बताए । ‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन’, उनले भने ।

पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने उनले बताएका छन् । पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने उनको भनाइ छ ।
नेकपा विवादले संकटपूर्ण अवस्था सिर्जना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा अध्यक्ष ओलीले लिनुपर्ने बताएका छन् ।

सचिवालय बैठकमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने पनि उनले बताएका छन् । दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाइ छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको बताउँदै उनले छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने बताए ।