देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा कार्यकारी अध्यक्ष दाहाललाई भेट्न ईश्वर पोखरेल खुमलटारमा

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल खुमलटार पुगेका छन् । पोखरेल विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ । यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।

महासचिव पौडेलले भेटेर कुरा गरेपछि साँझ नेम्वाङ खुमलटार पुगेका थिए । साँझ पाँच बजेतिर खुमलटार पुगेका नेम्वाङसँग पनि पार्टी विवाद मिलाउनेबारे नै छलफल भएको थियो ।