देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको व्यवहार र गिरफ्तारीको विरोधमा काँग्रेसको शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठकले सरकारको विरोध गर्ने निर्णय गरेको हो ।

काँग्रेसले सरकारको अलोकतान्त्रिक कदम, तथा कोरोना नियन्त्रण तथा रोकथाममा देखिएको असफलताको विषयमा काँग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो ।

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले तत्काल संसद अधिवेशन बोलाउन समेत सरकारसँग माग गरेको छ ।