देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक दिउँसो बस्दै

देशान्तर

काठमाडौं – नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ । दिउँसो बस्ने बैठकमा यसअघि अध्यक्षद्वयले छुट्टा छुट्टै पेश गरेका प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् । एक अर्काप्रति गम्भीर आरोप प्रत्यारोपसहित छुट्टा छुट्टै राजनीतिक प्रस्ताव अघि सारेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सहमतिको नयाँ विकल्पबारे छलफल नै नगरी तीन दिनअघि स्थगित गरिएको बैठकमा शनिबार छलफल हुन लागेको हो ।

दुवै अध्यक्षका प्रस्तावलाई मिलाएर विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लागिपरेपनि शीर्ष नेताहरुको अडानका कारण अपेक्षाकृत परीणाम आउन सकेको छैन । यही मंसिर १७ गते बसेको सचिवालय बैठकपछि ओली र दाहालबीच औपचारिक संवाद नभएपनि ओलीले आफ्ना सहयोगीमार्फत दाहालसँग छलफल गरीरहेका छन् ।

उनले पार्टी एकताको मर्मअनुसार सहमतिमै दुवै अध्यक्षको मत आउनुपर्ने भन्दै दाहाललाई दवाव दिइरहेका छन् । यता दालल पक्षका नेताहरुले भने बैठकमा दुवै प्रस्ताव पेश भइसकेकाले छलफलबाटै निर्णय गर्नुपर्ने अडान राख्दै आएका छन् । दाहालले प्रधानमन्त्री समस्या समाधानका लागि आफू सच्चिने भए बैठकमै उपस्थित भएर छलफल हुनुपर्ने अडान लिएका छन् ।