काठमाडौं – सत्तारुढ नपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा बसेर वैठक सकिएको हो । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए ।
बैठकले अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालयमा पेस गरेका प्रस्तावहरुलाई भोलि आइतबारबाट शुरु हुने स्थायी कमिटी बैठकमै पेस गरी छलफल गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
‘आजको सचिवालय बैठकले भोलिको स्थायी समिति बैठकलाई निश्चित गर्दै पार्टीको संकट र निवारण गर्नेबारे आएका सबै प्रस्ताव स्थायी कमिटी बैठकमा नै पेस र छलफल गर्ने निर्णय गरेको छ,’ नेकपा प्रवक्ता श्रेष्ठले भने ।





प्रतिक्रिया