देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको बैठकले श्रेष्ठको निधनमा मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ ।

यस्तै मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने तथा स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र शोक सभाको आयोजना गर्ने निर्णय भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यता, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सिटौलामा शुक्रबार गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।