देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट शुरु हुँदै

देशान्तर

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट शुरु हुने भएको छ । विश्वकप छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले राष्ट्रिय टिमको प्रशिक्षण थाल्न लागेको हो ।

शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेलको तालिका सार्वजनिक गरेपछि प्रशिक्षण गर्न लागिएको हो । ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । एन्फाको बन्द प्रशिक्षणबाट दुई वटा टिम बनाउने योजना छ ।

प्रारम्भिक टोलीमा पूर्व कप्तान विराज महर्जनदेखि कारबाहीमा परेका विमल घर्तिमगर समेत छन् । टिमको कार्यवहाक प्रशिक्षकको जिम्मेबारी बालगोपाल महर्जनले सम्हाल्नेछन् । एन्फाले विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहलाई जिम्मेवारी दिएको छ ।

नयाँ तालिका अनुसार नेपालले चैत १२ गते चाईनिज ताईपेसंग, चैत १७ गते अष्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसंग प्रतिस्पर्धा गर्नेछ । एसियन छनोट अन्तर्गत समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् ।

अष्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंकसहित चौथो स्थानमा छ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीको सूची

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, अर्पन कार्की, देभ लिम्बु

डिफेन्डरः देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकाश खवास, सुमल अर्याल, विकाश तामाङ, अनन्त तामाङ, निसान खड्का, छिरीङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, जोर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दिपेश आले मगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेभ गुरुङ, सेसेहाङ आङदाम्बे, संञ्जोक राई, नितिन थापा

स्ट्राइकरः विमल घर्तिमगर, अविशेक रिजाल रेजित शुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शक गुरुङ, राजेश परियार, विमल राना, अञ्जन विष्ट, राजिव लोप्चाङ, आशिष लामा, प्रिजेन तामाङ