देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सवैंधानिक परिषद् आज नबस्ने

देशान्तर

संवैधानिक परिषद् बैठक आज नबस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा वैठकमा उपस्थित हुन नसक्ने जनाउ दिएपछि आजका लागि तय भएको संवैधानिक परिषद्को बैठक नबस्ने भएको हो । वैठक विहान ९ बजेका लागि गत विहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेता नआउने भएपछि आजको बैठक नबस्ने भएको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जनाएको छ ।

काँग्रेस सभापति देउवा भोलि सरकारविरूद्धको देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने भन्दै काँग्रेसकै नेताहरुले नजान सुझाव दिएकाथिए ।

परिषद्को बैठक नबस्दा ४५ बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन ।