इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको टोटनह्यामले अंक बाडेको छ । आइतबार राति भएको खेलमा टोटनह्यामले क्रिष्टल प्यलोसँग एक एक गोलको बराबरी खेल्दै तालिकामा दुवै टिमले एक एक अंक थपेका हुन् ।
क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरेका थिए ।
८१ औं मिनेटमा प्यालेसका जेफ्रे स्लपले एक गोल गर्दै खेल बराबरी गरेका हुन् ।
यस्तै अर्को खेलमा लिभरपुल पनि बराबरीमा रोकिन पुग्यो । तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुललाई फुल्हमले १–१ गोलको बराबरीमा रोकेको हो ।
फुलह्यामका लागि बवी रेइडले २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस्तै, आर्सनललाई बर्नलेले १–० ले हराउँदा लेष्टर सिटीले ब्राइटनमाथि ३–० को जित निकाल्यो ।
यसैंगरी साउथह्याप्टनले शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्यो । गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलमा १२ खेलबाट २५ अंक जोडेको टोटनह्याम शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको लिभरपुलको पनि समान २५ अंक छ ।





प्रतिक्रिया