काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले काँग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक मात्र उमेद्वार हुने बताएका छन् । ‘शेखर दा, सुजाता कोइराला, म लगायत हाम्रो समुहको नेताहरुका बीचमा सहमतिका आधारमा नै काँग्रेसको सभापतिको उमेदवार तय हुन्छ’, उनले भने ।
आज विराटनगरको कोइराला निवासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले दुई वर्ष अघि शेरबहादुर देउवाले आफूलाई १४ औं महाधिवेशनमा सभापति बनाउने वचन दिएको खुलासा गरे। ‘ सभापति जी ले तपाइ वीपीको छोरा हो म सभापति बनाउँछु भन्नु भएको थियो, उनले भने, ‘अहिले देउवा जी नै सभापतिको उमेदवार भएकाले त्यो अहिले अर्थहीन भएको छ ।’
काँग्रेस महाधिवेशन फागुनमा हुन नसक्ने पनि उनले बताए। कोइरालाले पार्टीको तल्लो तहसम्मको अधिवेशन, कोरोना संक्रमणको अवस्थालगायत कारणले फागुनमा महाधिवेशन हुन नसक्ने तर जेठमा जसरी पनि हुने बताए । ‘कोरोनालाई बहाना बनाएर महाधिवेशन रोक्न सकिन्न विहार तिर धमाधम चुनाव भइरहेको छ’ उनले भने।’





प्रतिक्रिया