देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनमा उत्रियो कांग्रेस

देशान्तर

काठमाडाैँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ ।

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको हो । कांग्रेसका शिर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुग्नुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिएका छन् । उनले कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनुसरह भएको बताए । हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोनाकै कारण आफूहरु सडकमा आउनुपरेको बताए ।

यस्तै केन्द्रीय सदस्य गगन थापाले संसदबाट भागेर बालुवाटारमा लुकेको सरकारलाई ठेगान लगाउन आफूहरू सडक आन्दोलनमा आएको बताएका छन् । सरकारलाई ठेगान नलगाई आफूहरू घर नफर्किने थापाले उनको भनाई छ । सरकारविरुद्ध कांग्रेसले गरेको विरोध प्रदर्शनलाई कैलालीको धनगढीमा सम्बोधन गर्दै नेता थापाले सरकार भ्रष्टाचारमा लिप्त भएकाले आफूहरू सडक आन्दोलनमा आउन बाध्य भएको बताए ।