देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी पारित गर्दा देशलाई कुनै हानि हुँदैन : डा. महत

देशान्तर

चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्दा देशलाई कुनैपनि हानि नहुने बताएका छन्। सोमबार सरकारविरुद्ध चितवन कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै उनले सत्तारुढ नेकपाभित्रको विवादले यो सहयोग रोकिने हो कि भन्ने आशंका रहेकोसमेत बताए।

डा. महतले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको र भ्रष्टाचारीहरुलाई संरक्षण गर्दै देशको ढुकुटी रित्याउनेतर्फ अग्रसर भएकाले यसका विरुद्ध कोरोनाको कहरमा पनि सडकमा आउनुपरेको बताए ।

संवैधानिक संकट निम्ताउन खोजेको आरोप
सोमबारै नवलपरासीमा भएको विरोधसभामा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कान्डै–कान्डमा मुछिँदै गएको सरकारले संवैधानिक संकट निम्ताउन खोजेको आरोप लगाए ।

उनले आफ्नै पार्टीका नेताहरूको घेराबन्दीमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका हरेक कदम सर्वसत्तावादतर्फ उन्मुख भएकाले त्यसकाविरूद्ध कांग्रेसले अहिले सांकेतिक आन्दोलनमात्र थालेको बताए।