काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाए । पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘पञ्चायतमा रूख रोप्दा टाउको फुटालिन्थ्यो, कम्युनिस्ट शासनमा पुल बनाउँदा करंग भाँचियो ।’
सत्ताको घोर दुरूपयोग भएको र त्यो स्वीकार्य नहुने भन्दै पौडेलले भने, ‘कम्युनिष्टलाई कुनै मुद्दा कानुन लाग्दैन, राज्यको ढुकुटी मासेर, तहगत सरकारको अधिकार खोसेर, गाइजात्रा देखाएर सत्ताको दुरूपयोग गरिएको छ ।’
राजावादीहरुको प्रदर्शनप्रति इग्गित गर्दै पौडेलले सडकमा जथाभावी उल्टा नारा लाग्नु विचित्रको छ, ७० वर्षको अथक प्रयासबाट कायम गरेको व्यवस्थामा धावा बोलिन थालेको बताए। समावेशी लोकतान्त्रिक व्यवस्थामा कम्युनिष्ट सरकारले प्रहार गरेको भन्दै उनले भने, ‘समाजवादीको स्वर्ग भविष्यमा हुन्छ, प्रतिवादीको भविष्य अतितमा हुन्छ ।’





प्रतिक्रिया