काठमडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै किसानलाई माफिया भन्ने मन्त्रीलाई कार्वाही गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उखु किसानहरुले प्रदर्शन गरिरहेको स्थल माइतीघर मण्डलमै पुगेर उनीहरुको मागमा समर्थन गरेका हुन् ।
प्रवक्ता शर्मा किसानको आन्दोलनमा सहभागी भइ केहीबेर सँगै धर्नामा समेत बसेका थिए । सरकारलाई गतवर्ष किसानसँग गरेको सम्झौता किन पूरा नगरेको भन्दै शर्माले भने, ‘गतवर्ष चिसो भुइँमा आएर किसान बसेपछि सरकारले सम्झौता गर्यो । सम्झौता गर्ने सरकार छ कि छैन ।’





प्रतिक्रिया