देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

५ बजे बोलाइएको संवैधानिक परिषद् बैठकमा देउवा नजाने

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।

मंगलबार नै बिहान बोलाइएको बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगीत भएको थियो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या अध्यादेशले घटाएको छ ।

बिहानको बैठकमा भाग लिन पुगेका भए पनि अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा देउवा उपस्थित नहुने उनका स्वकीय सचिव भानु देउवाले बताए ।