प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सरकारले संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएपछि नेपाली कांग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने पनि प्रबक्ता शर्माले जानकारी दिए ।
बैठकमा काठमाडौंमा उपलब्ध शीर्ष नेताहरुलाई उपस्थित हुन पनि भनिएको छ ।

मंगलबार दिउँसो सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।
सोही अध्यादेशअनुसार प्रधानमन्त्री ओलीले साँझ परिषद बैठक पनि राखेका थिए। तर उक्त बैठकमा कांग्रेस सभापति देउवा र सभामुख अग्नि सापकोटा गएनन् ।
अध्यादेश जारी गरेकामा सभापति देउवासहित कांग्रैसका सबैजसो नेताले प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् ।





प्रतिक्रिया