देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली र दाहालबीचको वार्ता सकियो

देशान्तर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच बालुवाटारमा जारी वार्ता सकिएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच वार्ता भएको थियो । अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।