काठमाडौँ – सरकारले ल्याएको अध्यादेशको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले कास्कीमा विरोध प्रदर्शन गरेको छ । जसपाले प्रधानमन्त्री केपी ओलीको स्वेच्छारी र निरंकुश शासकीय शैलीको विरोधमा पोखरामा गरेको प्रदर्शन गरेको हो ।
प्रदर्शनमा जसपाले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो । पुत्ला दहनपछि कोणसभा गर्दै जसपा नेताहरुले ओलीको इशारामा राष्ट्रपतिले अध्यादेश जारी गरेको आरोप लगाएका थिए ।
जसपाले अध्यादेशको विरोधमा देश भर विरोधका कार्यक्रम गर्ने बताएको छ । जसपाले आजै काठमाडौँको माइतीघरमा समेत प्रदर्शन गरेको छ ।





प्रतिक्रिया