काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक केहीबेर अघि शुरु भएको छ । सरकारले मंगलबार संबैधानिक परिषद सम्बन्धि अध्यादेश जारीपछि बढेको विवादका बीच पटक पटकका छलफलपछि नेकपाको स्थायी कमिटी बैठक ढिला गरि शुरु भएको हो ।
सरकारले अध्यादेश ल्याएपछि संसद्को अधिवेशन बोलाउन नेकपाकै संसदहरुले हस्तक्षार गरेर विशेष अधिवेशनको माग गर्दै निवेदन राष्ट्रपति कार्यालयमा दर्ता गर्न खोजेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुई पटक वार्ता भएको थियो । संसद बैठकको माग गर्दै ८० भन्दा बढी सांसदको हस्ताक्षर लिएर नेता भीम रावल र पम्फा भुसाल लगायतका सांसद राष्ट्रपति निवास पुगेका थिए ।
दोस्रो तहका नेताहरु महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, घनश्याम भुसाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुले दुवै अध्यक्षलाई मिलाउन अध्यादेश र सांसदहरुको हस्ताक्षर दुवै फिर्ता गराउन पहल गरेको बुझिएको छ । ओली र प्रचण्डबीचको दोस्रो पटकको छलफलपछि अहिले प्रधानमन्त्री ओली समेत बैठकमा सहभागी भएका छन् ।





प्रतिक्रिया