देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शीतल निवासमा दर्ता नभएकाे पत्रमा खास के थियाे त?

देशान्तर

 संसदको अधिवेशन माग गर्दै नेकपाका ८३ सांसदले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुरोध पत्र लेखेका थिए । ८३ सांसदको हस्ताक्षर लिएर नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल शितल निवास पुगे पनि पत्र दर्ता भने भएन ।

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले दर्ता नगरी सम्पर्कबिहिन भएको स्थायी समिति सदस्य रावलले बताएका छन् । आफूहरूको पत्र दर्ता नभएसम्म नफर्किने भन्दै रावल र भुसाल ६ घन्टाभन्दा बढी शितल निवासमै बसेका थिए ।

स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीले आइतबार ल्याएको अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिलाई पठाइएको पत्र फिर्ता लिने सहमति भएको हो ।