देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले फेरि बोलाए संबैधानिक परिषदको बैठक

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संबैधानिक परिषदको बैठक बोलाएका छन् । बुधबार ओली नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसंग अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए । सहमति गरेको भोलिपल्ट नै ओलीले परिषदको बैठक बोलाएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ । यद्यपी देउवा भने बैठकमा नजाने बताईएको छ । देउवालाई ओलीले फोन मार्फत् बैठकमा आउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।