देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अझै फिर्ता भएन अध्यादेश, छलफल नै नभएर सकियो मन्त्रिपरिषद बैठक

देशान्तर

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे मौन रहँदै मन्त्रिपरिषद बैठकको नियमित बैठक सकिएको छ । अध्यादेश फिर्ता गर्ने बारे कुनै छलफल नभएपछि नेकपाको विवाद थप चर्किने आशंका बढेको हो ।

बुधबार भएको स्थायी कमिटीको बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरेपनि आज बसेको मन्त्रिपरिषदको बैठकमा यसबारेमा कुनै छलफल नै नभएको सहभगी एक मन्त्रीले खरीबोटलाई जानकारी गराए । बैठकमा छलफल हुने अपेक्षा गरिएको भएपनि छलफल नभएको उनले बताए ।

अध्यादेश फिर्ता लिन मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपतिलाई सिफारिश गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । यस अघि अध्यादेश सिफारिश गर्दा समेत मन्त्रिपरिषदमा कुनै औपचारिक प्रस्ताव र छलफल बिना नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा पठाएका थिए ।

प्रधानमन्त्री ओलीले आज साँझका लागि संबैधानिक परिषदको बैठक बोलाएपनि नेकपाका नेताहरुको दबाब र बैठकमा गणपुरक संख्या नपुग्ने देखेर फिर्ता लिएको बताएको छ ।