नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
बिहान ११ बजेपछि काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसद अधिवेशन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि बुधबार सभापति निवास बुढानीलकन्ठमा पदाधिकारी बैठक पनि बसेको थियो । आजकाे संसदीय दलका बैठकमा सरकारलाई संसद अधिवेशन बाेलाउनका लागि दबाव दिने निर्णय गराउने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
यसैगरी मंसिर २९ गते भएकाे देशभरकाे विराेध प्रदर्शनकाे समिक्षा गर्दै संसद्मा काँग्रेसकाे भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताइन् । यसैगरी सरकार अहिले अधिनायकवाद तर्फ उन्मुख भएकाले यसलाई सच्याउनका लागि काँग्रेसले सडक र सदनमा खेल्ने भूमिकाका विषयमा पनि छलफल हुने छ ।





प्रतिक्रिया