काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेको संवैधानिक परिषद् अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रवार सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरलाल श्रेष्ठको इजलासमा दुइ रिटको सुनुवाई हुँदैछ ।
अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गरेका थिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले आफुले दायर गरेको रिटमा आज सुनुवाइ हुने जानकारी दिए । बहुमत सदस्यको उपस्थितिमा संवैधानिक परिषद्को बैठक राखिने तथा निर्णय गर्न सर्वसम्मति नचाहिने गरी सरकारले अध्यादेश ल्याएको थियो ।
बुधवार बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता गर्ने बताएपनि शुक्रवार मध्यान्हसम्म अध्यादेश फिर्ता भएको छैन





प्रतिक्रिया