देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले अध्यादेश फिर्ता गर्न आलटाल गर्दैछन् : दाहाल

देशान्तर

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता गर्न आलटाल गरिरहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको भेलामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्न आलटाल गरिरहेको र फिर्ता नगरे आफुहरुले थप कदम चाल्ने बताएका छन् । उनले शीर्ष तहमा अध्यादेश फिर्ता गर्ने सहमति भएपछि स्थायी कमिटीबाट पनि निर्णय र निर्देशन हुदा समेत ओलीले अध्यादेश फिर्ता गर्न आलटाल गरेको बताए ।

भेलामा प्रचण्डले अध्यादेश फिर्ता नगरे त्यसको जिम्मवार स्वयं उनीनै हुने बताउदै ओलीले पार्टी विभाजन गर्ने योजनासहित कदम चालिरहेको आरोप लगाएको भेलामा सहभागी एक नेताले खरीबोटलाई बताए । आफुले ओलीबाट पटक पटक धोका पाएको बताउदै प्रचण्डले ओलीले पार्टीलाई कमजोर बनाएको बताएका थिए । भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले पहिला आफुलाई धोका र अपमान गरेको बताउदै अहिले सोहि कुरा प्रचण्डलाई दोहोराएको बताएका थिए ।

भेलामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरू सहभागी भएका थिए । त्यस्तै भेलमा प्रदेश १ का १४ जिल्लाका प्रचण्ड-नेपाल पक्षका जिल्ला कमिटीका अध्यक्ष र सचिव सहभागी भएका थिए । गएको बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन लगाउने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा निवेदन दर्ता नगर्ने सहमति गरेको थियो । सहमति र निर्णय भएको अर्को दिन विहिबार नै सहमति विपरित प्रधानमन्त्री ओलीले संबैधानिक परिषदको बैठक बोलाएका थिए ।