काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार जादै छन् । पार्टीको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमालटारमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्ला महिना ओली र प्रचण्डले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका बेला ओलीको यो भेटघाटलाई सकरात्मक रुपमा समेत हेरिएको छ । भेटघाटको तारतम्य नेकपा संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङले मिलाएको बालुवाटार स्रोतले बताएको छ ।
यसअघि ओली र प्रचण्डबीच शुक्रबार समेत बालुवाटारमा भेटवार्ता भएको थियो । सो भेटमा समेत सकारात्मक कुराकानी नभएको बताइएको छ ।





प्रतिक्रिया