देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खुमलटारमा ओली र दाहालको भेटवार्ता , वामदेव र नेपाल पनि सहभागी

देशान्तर

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।

प्रचण्ड र ओलीबीच झण्डै डेढ घण्टा खुमलटारमा छलफल भएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्डलाई भेट्न बिहान दाहाल निवास खुमलटार पुगेका थिए । दुई अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका थिए ।

स्थायी कमिटी बैठकको अघिल्लो दिनदाहाल भेट्न ओली उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा स्थायी कमिटीको अर्को बैठक भोलि बस्दैछ । तर छलफल र सहमतिबारे खुलाइएको छैन । पार्टीभित्रको विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ । यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको समावेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।