देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भेटेर प्रधानमन्त्री बालुवाटार फर्किए ,वैशाखमा मध्यावधि निर्वाचन गर्ने प्रस्ताव

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किएका छन्।

आइतवार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन्।

राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख १५,२३ र २९ गतेसम्ममा मध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेको स्रोतले जनाएको छ।

ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्‍न संवैधानिक र कानुनी प्रश्‍न उठिरहेका ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका हुन्।