देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनको सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा शर्माले भनेका छन्, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघ(संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ ।

उनले विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको बताउँदै त्यसलाई असफल तुल्याइने पनि भनेका छन् ।