देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष दाहालबीच छलफल चल्दै

देशान्तर

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटीको बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।

खुमलटारमा माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेतासँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन

ओली र प्रचण्डको छलफल सकिएपछि स्थायी कमिटीको बैठक बस्ने तयारी छ । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो ।

पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।