देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक निकायमा नियुक्तिका लागि ४५ जना सिफारिस (सुचीसहित)

देशान्तर

काठमाडौं – अध्यादेश जारी भएपछि मङ्सिर ३० गते बसेको संवैधानिक परिषदले विभिन्न आयोगमा रिक्त रहेका ४५ जनालाई नियुक्तिको सिफारिस गरेको छ । राष्ट्रपतिबाट अध्यादेश भएपछि प्रधानमन्त्री केपी ओलीले आफूनुकूलका व्यक्तिहरुलाई रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिश गराएको पत्र संसद सचिवालयमा पठाइएको हो ।

विपक्षी दलका नेता र सभामुख अनुपस्थित रहेको दिन मंसिर ३० गते बसेको परिषदको बैठकले गरेको संसद विघटन गरिएपछि बल्ल सार्वजनिक गरिएको छ । विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएको परिषद बैठकले गरेका सिफारिशमा देउवाले चाहेका केही व्यक्तिहरु पनि परेका छन् ।

खासगरी अख्तियारमा लामो समयदेखि लैजान चाहेका व्यक्ति जयबहादुर चन्द देउवा अनुपस्थित परिषद बैठकबाट गरिएको निर्णयमा सिफारिश हुनुले प्रधानमन्त्री ओलीसँग देउवाको मिलोमतोको आशंका उब्जिएको छ ।

सिफारिश भएका व्यक्तिहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

१) प्रेमकुमार राई (प्रमुख आयक्त)
२) जयबहादुर चन्द (आयुक्त)
३) किशोरकुमार सिलवाल (आयुक्त)

निर्वाचन आयोग

१) वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)
२) डा. जानकी तुलाधर (आयुक्त)

राष्ट्रिय मानव अधिकार आयोग

१) तपबहादुर मगर (अध्यक्ष)
२) मनोज दवाडी (सदस्य)
३) डा सूर्य ढुङ्गेल (सदस्य)
४) लिली बस्नेत थापा (सदस्य)
५) मिन ठाकुर (सदस्य)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

१) जुद्ध गुरुङ (सदस्य)
२) अमरराज मिश्र (सदस्य)

महिला आयोग

१) कमलाकुमारी पराजुली (अध्यक्ष)
२) कृष्णकुमारी पौडेल खतिवडा (सदस्य)
३) विद्याकुमारी सुनार (सदस्य)

दलित आयोग

१) देवराज बिक (अध्यक्ष)
२) मिना शोब (सदस्य)
३) परशुराम रम्तेल (सदस्य)
४) कुञ्ज बराइली (सदस्य)
५) मेहेने पार्थी (सदस्य)

समावेशी आयोग

१) मानप्रसाद खत्री (अध्यक्ष)
२) रामकृष्ण तिमिल्सिना (सदस्य)
३) हरिदत्त जोशी (सदस्य)

आदिवासी जनजाती आयोग

१) रामबहादुर थापा (अध्यक्ष)
२) मिनश्रीस मगर (सदस्य)
३) मिनचुङ लामा (सदस्य)
४) रिमा राना (सदस्य)
५) शरण राइ (सदस्य)

मधेशी आयोग

१) जीवत्व साह (सदस्य)
२) रेणुदेवी साह (सदस्य)
३) विजय गुप्ता (सदस्य)

थारु आयोग

१) विकास चौधरी (सदस्य)
२) बबिता चौधरी(सदस्य)
३) सुबोध सिंह (सदस्य)
४) भोलाराम चौधरी (सदस्य)

मुस्लिम आयोग

१) मोहम्मदिन अलि (सदस्य)
२) मिर्जा अरसद बेग (सदस्य)