देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद् विघटनको निर्णयविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद् विघटनको निर्णय लिएको भन्दै सडकमा जाने निर्णय गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पदाधिकारी बैठकले सरकारको गैरसंवैधानिक र अलोकतान्त्रिक निर्णयविरुद्ध सडकमा जाने निर्णय लिइएको जानकारी दिए । उनका अनुसार आन्दोलनको स्वरुप भने मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्नेछ । कांग्रेस पदाधिकारी बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सरकारले गरेको सिफारिसप्रति पनि असन्तुष्टि जनाएको छ ।

नेता पौडेलले भने अपारदर्शी र संसदीय प्रक्रियाविपरीत संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिस कांग्रेसले नमान्ने बताए । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्तिमार्फत मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको जनाएका छन् ।