देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लवकाे टिप्पणी : प्रधानमन्त्रीको कदमले संसदीय व्यवस्थाको असफलता पुष्टि

देशान्तर

विप्लव नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले संसद भंग गर्ने प्रधानमन्त्रीको कदमले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता पुष्टि गरेको प्रतिक्रिया दिएको छ ।

आइतबार पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै यस कदमले वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको आवश्यकतालाई निर्विकल्प रुपले पुष्टि गरेको ठहर गरेका छन् ।

लोकतन्त्रको उच्च संस्था भनिने संसद्ले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना पूरा गर्न नसक्ने दाबी गर्दै असफल संसदीय व्यवस्था समाधान नभएको सो पार्टीको दाबी छ ।

जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासीवादको सहाराद्वारा आफ्नो संकट टार्न खोज्ने संसद्वादी तत्वहरुको विश्वव्यापी चरित्रअनुरुप केपी ओलीले यो कदम चालेको महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले सम्पूर्ण कम्युनिस्ट वामपन्थी र प्रगतिशील देशभक्त शक्तिहरूबीच मोर्चाबन्दी गरेर अघि बढ्न आह्वान गर्दै तीन दशकको प्रयोगमा असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट समस्याको समाधान होला भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।