देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा औपचारिक विभाजनकाे बाटाेमा, दुवै पक्षले बाेलाए केन्द्रीय कमिटी

देशान्तर

फाइल तस्वीर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपले विभाजनको बाटोमा लाागेको छ ।

पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग अलग बैठक बाेलाएका छन् । दुबै पक्षले आफुले बोलाएको केन्द्रिय कमिटि बैठक नैं आधिकाारिक भएको तर्क गरेका छन् ।

आजको बैठकबाट एक अर्कालाई अनुशाशनको कारबाही गर्दै पार्टीबाट निष्काशन गर्ने दुबै पक्षको तयारी छ ।

दुवै पक्षका महत्वपूर्ण मानिएका एक एक जना केन्द्रीय सचिवालय सदस्यहरु रामबहादुर थापा ‘बादल’ र बामदेव गौतम तटस्थ बस्ने निश्चित भएको छ ।

संसद भवनमा आयोजित प्रचण्ड–नेपाल पक्षका निवर्तमान सांसदहरुको भेलामा सहभागी नभएका गौतमले आफू संसद विघटनको विपक्षमा तर पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी फुटको साक्षी नबन्ने घोषणा गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीद्वारा आयोजित भेलामा सहभागी नभएका बादलले पनि हतारमा कुनैपनि निर्णय नलिने बताएका छन् ।

ओली पक्षले आज बिहान ९ बजे प्रधानमन्नी निवास वालुवाटारमा केन्द्रिय कमिटि बैठक बोलाएको छ भने प्रचण्ड पक्षले कार्की पार्टी प्यालेस बबरमहलमा दिउँसो १ बजे बेठक बोलाएको छ ।

तर, संसद विघटनपछिको अवस्था, दुवै पक्षको रणनीती र गृहकार्य हेर्दा एकता भएको झण्डै दुई वर्षपछि नेकपा विभाजनको अन्तिम विन्दुमा पुगेको छ ।