देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली समूहकाे महाधिवेशन २०७८ मंसिर २ गते, विधान संशोधन गरिने

देशान्तर

काठमाडौँ – नेकपा ओली समूहको महाधिवेशन ०७८ मंसिर २ गते हुने भएको छ । बालुवाटारमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् । बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको छ ।

बैठकले विधान संशोधन गरेर २०७८ मंसिर २ गतेदेखि ७ गते गतेसम्मका लागि मिति तोकिएको हो। आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ। यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।