काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कसैलाई कारवाही नगर्ने बताएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको आफु पक्षका केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै आफुले पार्टी नफुटाउने स्पष्ट गरेका छन् ।
उनले आफुले कसैलाई कारवाहीको प्रस्ताव नगर्ने बताउदै पार्टी एकतालाई अझ बलियो बनाउदै महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने आफ्नो मनसाय भएको बताएका हुन् । बैठकमा ओलीले जीवन शर्माको गीत गुन गुनाउदै – पिलो निचोरेर फाल्दैमा तौल घट्दैन भनेको उनका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजालमा लेखेका छन् ।
बैठकमा सहभागी केन्द्रीय सदस्यले खरीबोटलाई दिएको जानकारी अनुसार अध्यक्ष ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउन प्रस्ताव गरेका छन् । ओलीले साबिक रहेका ४४६ केन्द्रीय कमिटी सदस्यमा आज ५५६ जना थपेका छन् । त्यस्तै बाँकी १९७ सदस्य पछि थपिने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।





प्रतिक्रिया