देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक : ओली हटाएर नेपाललाई बनाइयो अध्यक्ष

देशान्तर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा को पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई पदबाट हटाएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी ओलीलार्य पदबाट हटाउँदै उक्त पदमा नेपाललाई मनोनयन गरेको हो ।

स्थायी कमिटीलगत्तै बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीलाई हटाउने र नेपाललाई मनोनयन गरिएको प्रस्ताव दर्ता गरिएको छ । स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटीले पारित गर्ने भएकाले अब दाहाल–नेपाल समूहमा ओलीको स्थानमा नेपाल नयाँ अध्यक्ष बन्नेछन् ।