देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनता समाजवादीले देशव्यापी प्रदर्शन गर्दै

देशान्तर

जनता समावादी पार्टी आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएर असंवैधानिक कदम चालेको भन्दै त्यसकाविरुद्ध विरोध प्रदर्शन गर्ने जसपाले जनाएको छ ।

पार्टीको हिजो बसेको बैठकलेसमेत आजको कार्यक्रमलाई निरन्तरता दिँदै १०, ११ र १२ गते थप सडक संघर्ष गर्ने निर्णय गरेको थियो ।

जसपाले सडक संघर्षमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई निसाना बनाएको छ । पछिल्लो राजनीतिक घटनाक्रममा राष्ट्रपतिको भूमिका अभिभावकिय नभई नेकपाको कार्यकर्ताको जस्तो भएको जसपाले ठहर गरेको छ ।

राष्ट्रपति संविधानको संरक्षक नभई उल्लंघन गर्दै लोकतान्त्रिक मूल्य मान्यताविपरीतको काम गरेको पनि जसपाले आरोप लगाएको छ ।