देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइ सुरू

देशान्तर

काठमाडाैँ – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिटमध्ये चारवटा रिटमाथि सुनुवाइ भइरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् ।

अहिले कञ्चन न्यौपाने, अमृत खरेल, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता ज्ञानेन्द्रराज आरणद्वारा दायर रिटमाथि सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री केपी ओलीले यही पुस ५ मा प्रतिनिधिसभा भंग गरेका थिए । अहिले अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिरहेका छन् ।