देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा प्रधानमन्त्री र थापाबीच छलफल

देशान्तर

काठमाडाैँ – राजनीतिक रूपले विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झन्डै एक घन्टा छलफल गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बिहान प्रधानमन्त्री ओली र बादलबीच छलफल भएको हो।

पूर्वमाओवादी समूहका थापाले विभाजनपछि आफू कुन कित्तामा उभिने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्। यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर थापालाई आफ्नो समूहमा आउन अनुरोध गरेका थिए। थापा मंगलबार भएको दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा सहभागी भएनन्।

बबरमहलमा उक्त समूहको बैठक चलिरहेका बेला थापा उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्न उनको निवास भैंसेपाटी गएका थिए। वामदेवले पनि अब कुन समूहमा जाने भन्ने खुलाएका छैनन्।