देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले मेलमिलाप दिवस देशव्यापी मनाउने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी रुपमा मनाउने भएको छ। पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले मेलमिलाप दिवस पुस १६ गते विभिन्न कार्यक्रमका साथ देशव्यापी रुपमा मनाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकले कोरोना संक्रमित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अर्को बैठक बिहीबार दिउँसो १ बजे पार्टी मुख्यालयमा बस्नेछ। २०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंहलगायत नेता आठ वर्ष भारत निर्वासनबाट नेपाल फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ।