देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ : नेता थापा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल आन्दोलनमा उत्रिनुपर्ने तर्क गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने बताए ।

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उनले कांग्रेस तत्काल सडक संघर्षमा उत्रिनुपर्ने बताएका हुन् । कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा जानुपर्ने भनिरहेका बेला नेता थापाले प्रधानमन्त्री केपी ओलीले गराउँदै नगराउने चुनावको भ्रममा नपर्न आग्रह गरे। नेता थापाले संवैधानिक परिषदमा हालै गरिएका नियुक्तिहरुको पनि प्रतिवाद गर्नुपर्ने सुझाव दिएका थिए ।