देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको दुबै समूहको केन्द्रीय समिति बैठक आज बस्दै

देशान्तर

 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

केपी ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र दाहाल-नेपाल समूहको बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा बोलाइएको छ ।

ओली समूहको बैठकमा महाधिवेशन तयारी लगायतका विषयमा कुराकानी हुने बताइएको छ । सो समूहले मंगलबार विधान तथा पार्टी प्रवक्ता परिवर्तन गरेको थियो ।

दाहाल-नेपाल समूहले दुई अध्यक्ष पुष्पकमल दाहाल र माधब नेपालको बरियता तोक्ने र प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल गर्ने बताइएको छ । साथै पार्टी पदाधिकारीसमेत चयन गर्ने तयारी छ ।

दुबै समूहले आफुलाई आधिकारिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । दुबैले चुनाव चिन्ह सूर्यमा दावी पेश गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।