काठमाडौं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सरेको छ। बिहान साढे ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बोलाइएको बैठक दिउँसो १ बजेसम्मको लागि सरेको हो।
बैठकको लागि प्रचण्ड पक्षको नेताहरू आन्तरिक छलफलमा जुटिरहेको छन्। अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रचण्ड निवास खुमलटारमा बसिरहेका छन्।
आजको बैठकले प्रचण्ड पक्षको महासचिवसमेत तोक्ने तयारी थालेको छ। सुरेन्द्र पाण्डेको नाम अगाडि छ। महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका छन्।
बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने नेतृ पम्फा भुषालले जानकारी दिइन्। यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी पनि आजै बस्दै छ। ओली पक्षको बैठक दिउसो १ बजे बालुवाटारमा बस्ने छ।





प्रतिक्रिया